नेपाली चेली लक्ष्मीको भारतमा बलात्कारपछि घाँटी रेटेर हत्या !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाण्डौँ । डोटीकी एक महिलाको भारतमा हत्या भएको छ । शिखर नगरपालिका सुर्काल घर भई हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो ।

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन् । पति कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए ।

उनको अनुसार ३ छोरी साथमा रहेको बेला कोठामा ३ जना अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको भनेर प्रहरीले बताएको छ । प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्त नरेश बताउँछन् । मृतकको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस