भाउ नपाएपछि कालीमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फालियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ३, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ ।

कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक व्यापारी भगवानचन्द्र उप्रेतीले बताउनुभयो । भारतीय गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ।

सडकमा फालिएको गोलभेँडा हटाउन बिहान एक्स्काभेटरको प्रयोग गरिएको थियो । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसान र व्यापारीसँग छलफल गरिरहेको छ ।

समितिका अनुसार कालीमाटी बजारमा अहिले सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य छ। यस्तै, भारतीय ठूलो गोलभेँडा भने किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस