तनहुँको गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ५, दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस