सुदूरपश्चिमका कानुन मन्त्रीको गाडी दुर्घटना, ४ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ५, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस