यथास्थितिमा बजेट पास गर्न नदिने जसपाको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ८, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौँ । जनता समाजवादी पार्टीले सरकारले ल्याएको बजेट यथास्थितिमा पास गर्न नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले बजेट पास गर्न नदिने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले बजेट समावेशी नभएको भन्दै संसदीय दलको बैठकले पास गर्न दिने निर्णय गरेको बताए । उनले अहिलेको बजेट नेतामुखी भएको बताए ।

उनले अर्थतन्त्रमा मन्दी छाएको सरकारले बताइरहे पनि अर्थतन्त्र सुधारका लागि बजेटमा गुरुयोजना नदेखिएको उनको भनाइ छ । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले पनि बजेट पारित गर्न नदिने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस