डोटीमा घर भत्किँदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २३, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाण्डौँ । डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका ५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस