धौलीगङ्गाको बाँध भोलि बिहान खोलिने, सतर्कता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २५, दार्चुला । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध भोलि मङ्गलवार बिहान खोलिने भएको छ । भारतले भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धौलीगङ्गाको बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएको हो ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो ।

बाँधको ढोका खोलिने भएपछि आइतवार हिजो जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस