कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ६ गम्भीर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २५, बैतडी । बैतडीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ । पञ्चेश्वर गाउँपालिका तिलाचौरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यतायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा करिब १८ जना घाइते भएको बैतडी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस