वीरगञ्ज महानगरका २ वटा विद्यालयलाई आर्थिक तथा शैक्षिक सहयोग

Post Thumbnail

दिपू वर्णवाल

असार २६, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० को वडा कार्यालयले २ वटा विद्यालयलाई आर्थिक तथा शैक्षिक सहयोग गरेको छ ।

वडा अध्यक्ष रामकिशोर सिंह परागले वडा कार्यालयको बजेटबाट नेपाल राष्ट्रिय आधारभुत विद्यालय अपौनी र निरन्जन साह कलवार आधारभुत विद्यालय हर्पतगञ्जलाई १÷१ लाख रकम आर्थिक सहयोग गरेका छन् ।

दुवै विद्यालयमा पुगेर वडाअध्यक्ष परागले विद्यालयका प्रधानाध्यापकहरुलाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । साथै सोही अवसरमा वडाअध्यक्ष परागले दुवै विद्यालयका विद्यार्थीहरुलाई १ हजार ७ सय थान कपी पनि वितरण गरेका छन् ।विद्यालयको विकास र सुधारका क्षेत्रमा खर्च गर्ने हेतुले वडा कार्यालयमार्फत आर्थिक सहयोग गरेको वडाअध्यक्ष परागले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस