प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीमा छलफल नगर्ने संसदीय समितिको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १६, मंगलबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाडौँ । संसदीय सुनुवाई समितिमा विभिन्न मुलुकका लागि प्रश्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ ।

समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्ननै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको समितिका सभापति ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राजदुत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पनि बोलाउने निर्णय गरेको छ । भोलि बस्ने बैठकमा सो सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य कार्कीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस