भदौ अन्तिममा प्रधानमन्त्री दाहालको चीन भ्रमण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ अन्तिमदेखि चीन भ्रमण गर्ने भएका छन् । पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण जेठमा भारतबाट थालेका दाहालको चीनको भ्रमणको गृहकार्य सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तेस्रो विदेश भ्रमणका लागि चीन जान परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले गृहकार्य गरिरहेका हुन् । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहालको भ्रमणका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस