स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने भएको छ ।

यसअघि एक वर्षका लागि मात्र दिइने प्रेस प्रतिनिधि प्रमाणपत्र स्थायी र स्वतन्त्र पत्रकारहरुलाई भने ३ वर्षको दिइने विभागले जनाएको छ ।

एक वर्षको मात्र प्रेस प्रतिनिधि प्रमाणपत्र दिँदा राजधानीभन्दा बाहिरका पत्रकार समस्यामा परेको भन्दै विभागले यस्तो निर्णय गरेको हो । अस्थायी पत्रकारको हकमा भने एक वर्षको नै प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए ।

कानुनमा प्रमाणपत्रको अवधि तीन वर्षको भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारहरुको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसमा चासो देखाएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस