२५ जनालाई थुनामा पठाउन आदेश, एकजना धरौटीमा रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २०, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । ६१ किलो सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेकामध्ये एकजना रुकमिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस