नागढुंगा सुरुङमार्गको मुखनेर जमिन भासियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० आश्विन २१, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

आश्विन २१,काठमाडौँ । नागढुंगा सुरुङमार्गबाट करिब १० मिटरमाथिको जमिन भासिएको छ ।

सुरुङमार्गको मुख्य प्रवेशद्वारबाट करिब १० मिटरमाथि चन्द्रागिरी नगरपालिका–१ बस्नेतछाप टोटी टोलमा करिब १० मिटर जमिन भासिएको हो ।

स्थानीय प्रकाश रेग्मीका अनुसार सो स्थानमा घर भएको भए दुईतला भासिने थियो । सुरुङमार्ग आसपासका अन्य क्षेत्रमासमेत त्रास बढेको छ । जमिन भासिन थालेपछि हामी त्रासमा छौं ।

जमिन भासिएपछि त्यसबारे छलफल गर्न स्थानीय अगुवाको बैठक बस्ने तयारी भएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस