दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० आश्विन २२, सोमबार (१ साल अघि)
  • १०१ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौँ । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।

पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिन लागिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

गत शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी र यातायात व्यवसायीहरूको संयुक्त बैठकले आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस