एनआरएनएको ११औँ अधिवेशन सुरु, राष्ट्रपति पौडेलद्धारा उद्घाटन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ३०, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाण्डौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अधिवेशन काठमडौंमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन् । उनले स्वस्ती वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् । २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए ।
उनले एनआरएनएहरु विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए ।

अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन् । ८६ देशमा एनआरएनए विस्तार भैसकेको छ । जसमध्ये ५९ देशमा अधिवेसन भएको थियो। ५९मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस