मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना हुँदा आमा/छोराको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १४, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर १४, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्रीसडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं।को मोटरसाइकल दुर्घटनामा आमा छोराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार करिब ३४ वर्षीया रुपा स्याङ्तान र निजको छोरा अन्दाजी चार–पाँच महिनाको बालक रहेका छन् ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दुवै जनाको घटनास्थलमा मृत्यु भएको जानकारी दिए । रुपाका पति मकवानपुरगढी गाउँपालिका २ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङ्तानले चलाएको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुल छेउबाट करिब १०÷१२ मिटर तल खसेर दुर्घटना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस