नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो ।

उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो । मंगलबार प्रतिवादीतर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको पाटन उच्च अदालतका सहरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस