आज ३६औं विश्व एड्स दिवस : विश्वमा हरेक दिन ३६ सय मानिस एचआइभी संक्रमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । आज ३६औं विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा संक्रमण भएको छ । संक्रमणका कारण चार करोड चार लाख जनाको मृत्यु भइसकेको छ ।

विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी संक्रमित हुने गरेका छन् । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट संक्रमित हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस