जाजरकोट भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १५, जाजरकोट । जाजरकोटका भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले आठ करोड २७ लाख २५ हजार पठाइएको छ ।

शुक्रबारदेखि अन्य तहबाट पनि लाभग्राही विवरण आउने जनाइएको छ । जिल्लामा ३४ हजार चार सय ९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।

ताजा अपडेट

खोजी गर्नुहोस