‘यो सरकार अब धेरै दिन टिक्दैन’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • १०४ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् । डडेलधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन् ।

उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको पनि आरोप लगाएका छन् । ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाइरहेको जनाए । सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस