नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १८, सोमबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर १८, झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ सशस्त्र प्रहरी बलको भद्रपुरस्थित २ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा ७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ पीपी ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ आरपीबाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस