काठमाडौंमा सञ्चालनमा आयो अर्को बसपार्क, महानगरले मान्यता नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १८, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँको एक मात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् ।

जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस