एनसेल शेयर खरिद–बिक्रीमा ठूलो आर्थिक अपराध भइरहेको छ : ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २४, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर २४, नुवाकोट । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको शेयर खरिद–बिक्रीमा ठूलो आर्थिक अपराध भइरहेको बताएका छन् । आज एमालेले सञ्चालन गरेको झुलाघाट– चिवाभन्जाङ्ग स्थलगत यात्राका क्रममा नुवाकोट पुगेका अध्यक्ष ओलीले देशलाई कंगाल बनाएर ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरे ।

ओलीले एनसेल प्रकरणमा खरबौंको चलखेल भएको आरोप लगाए । आगामी सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले छल्न कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताए । आर्थिक अपरोधको खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस