‘एमालेको एकल बहुमतले मात्र देशको रक्षा हुन्छ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २५, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २५, सिन्धुली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका हुन् । अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको धारणा राखे ।

ताजा अपडेट

खोजी गर्नुहोस