बालकृष्ण खाणको सुनुवाइ न्यायाधीश कोइरालाको इजलाशमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २८, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलाशमा खाणको सुनुवाइ हुन लागेको हो ।

यस अघि मंसिर १५ गतेको सुनुवाइमा न्यायधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएर अर्को इजलाश तोकिएको थियो । आज न्यायाधीश कोइरालाको एकल इजलाशले खाणलाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने टुंगो लगाउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस