राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस २४,काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस