नाउपाको पहिलो महाधिवेशन आजदेखि हुँदै, रेशम चौधरी आफै अध्यक्ष बन्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २६, कैलाली । रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आज देखि हुँदैछ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ । नेताहरूका अनुसार अब चौधरी आफै पार्टीको अध्यक्ष बन्ने तयारीमा छन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस