पौष २६, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन बजार ०.६२ प्रतिशतले घटेर २ हजार ८८.९९ विन्दुमा बन्द भएको छ ।
यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि ले २.१९ अंकले घटेर ३८४.१४ विन्दुमा बन्द भएको छ । आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये हाइड्रोपावर,लघुवित्त,अन्य र व्यापार समूह बाहेक अरु सबै समूह राताम्मे छ । यो दिन हाइड्रोपावर समूह १.५६ प्रतिशतले बढेको छ ।
यस्तै लघुवित्त समूह ०.८३ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा समूह १.०४ प्रतिशतले घटेको छ।यसैगरी, होटल एन्ड टुरिजम समूह १ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी कमाउने र गुमाउने
यो दिन आठ वटा अलगअलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन सकारात्मक सर्किट लागेका कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, त्रिशुली जलविद्युत कम्पनी रहेका छन् ।
यसैगरी,समाज लघुवित्त वित्तीय संस्था,निर्धन लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावरको सेयरमूल्य र मेगा म्युचुअल फन्डको इकाई मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै यो दिन नौ प्रतिशत एसबीआई बैंक ऋणपत्रको इकाई सबैभन्दा धेरै अर्थात् ९.६० प्रतिशतले घटेको छ।