५ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २७, शुक्रबार (१ साल अघि)
  • ३१ पटक पढिएको
५ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ ?

पौष २७, काठमाण्डौँ । चालू आर्थिक वर्ष २०७९/८० को लागि हालसम्ममा पाँच वटा जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् ।
आइएमई लाइफ, एशियन लाइफ, मेट लाइफ, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको वित्तीय विवरण स्वीकृत गराई आफ्ना बीमितहरुका लागि नयाँ बोनसर सार्वजनिक गरेका हुन् ।

एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले विभिन्न बीमा योजनाहरुमा न्यूनतम प्रतिहजार ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम प्रतिहजार ६१ रुपैयाँदेखि अधिकतम७५ रुपैयाँ, बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँसम्म, सावधिक जीवन बीमालेखमा४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म र सामुहिक सावधिक तथा अन्य बीमालेखमा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न बीमालेखहरुमा न्यूनतम प्रतिहजार २२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले सावधिक, बाल सावधिकतथा सामूहिक जीवन बीमालेखमा ३२ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्सले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस घोषणा गरेको छ ।
सावधिक जीवन बीमालेखमा ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफको विभिन्न बीमालेखहरुमा २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले रिलायबल सावधिक जीवन बीमामा ५० रुपैयाादेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्सले २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा अग्रिम भुक्तानी सावधिक रेगुलर जीवन बीमालेखका बीमितले ४४ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस