लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २७, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

पौष २७, काठमाण्डौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी माघ २५ गतेका लागि ३० औँ वार्षिक साधारणसभा डाकेको छ ।

उक्त सभामा गत आर्थिक वर्षका लागि चुक्तापूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी कुल १५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामाले रिक्त स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांस प्राप्त गर्न योग्य हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस