निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र निर्वाचन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ३, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाण्डौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ । बुधबार आयोगले आफ्नो वेबसाइटमा वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक गरेको हो । आयोगले प्रदेशअनुसार फरकफरक नमुना पत्र बेवसाइटमा राखेको छ । मेयर उपमेयर तथा अध्यक्ष(उपाध्यक्षले रातो रंगको मतपत्रमा मतदान गर्नेछन् भने प्रदेश सभा सदस्यहरूले हरियो रंगको मतपत्रमा मतदान गर्नेछन् ।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो। आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन् । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छरछ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस