‘अब तीनै तहको एकरुपता हुने गरी सवारी ऐन आउँछ’ : मन्त्री ज्वाला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
‘अब तीनै तहको एकरुपता हुने गरी सवारी ऐन आउँछ’ : मन्त्री ज्वाला

माघ ५, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरुपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन् ।

सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा आज आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरुपता हुने गरी पहल भइरहेको बताए ।

मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरुपता ल्याउनका लागि प्रदेश सरकारसँग यस विषयमा तीन पटक बैठक बसिसकेको बताउँदै प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस