काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

माघ ५,काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले परियारलाई महानगरमा पठाउने निर्णय गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गरिएको छ।

पछिल्लो समय महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र अधिकारीबिच सम्बन्ध विग्रेको थियो। शाहले अधिकारीलाई जसरी पनि महानगरबाट सरुवा गर्न चाहेका थिए। अधिकारीलाई सरुवा गर्नको लागि उनलाई बिदामा बस्न लगाइएको थियो।

महानगर अन्तर्गतको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्त गर्ने विषयमा कार्यपालिकाले गरेको निर्णय किर्ते गरेको आरोप अधिकारीमाथि लागेको छ। उक्त घटना पछि साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई टेलिफोन गरी तत्काल अधिकारीलाई पक्राउ गर्न सम्म भनेका थिए।

शाहको सचिवालयमा कार्यरत भगवती बिडारीको छोरीलाई जागिर खुवाउन अधिकारीले कार्यपालिकाको निर्णय किर्ते गरेका थिए। यस घटनामा बालेनले निजी सचिव नुर निधि न्यौपाने, वरिष्ठ अधिकृत भगवती विडारी तथा स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेललाई निलम्बन गरेका छन्। कार्यपालिकाको निर्णय किर्ते गरेको विषयमा साहले सहरी योजना आयोगका उपाध्यक्ष डा।सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस