संसदीय समितिहरू क्यालेण्डर अनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल भएको छैन : सभामुख

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ७, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
संसदीय समितिहरू क्यालेण्डर अनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल भएको छैन : सभामुख

माघ ७, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेण्डर अनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन् ।

आज संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यावहारिक हुन नसकेको बताए ।

उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेन्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभापतिहरूसँग छलफल भएको बताए । उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस