आजको मौसम: पहाडी भेगमा आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २८, आईतबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

माघ २८,काठमाडौँ । देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस