मंगलबार पहाडी क्षेत्रमा छिटपुट वर्षा हुने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौा । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज बिहानसम्म देशभर आंशिकदेखि साधारणतया बदली रहको विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस