‘प्रतिवेदन अध्ययन गरेर बालकुमारी घटनाका दोषीलाई कारबाही गर्छौँ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा सरकार १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा तथ्यहीन रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै उनले, घटनाबारे समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन आफूले गरेको र आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘सरकारको तर्फबाट बालकुमारी घटनामा तत्काल लिएको पहल र क्रियाकलापबारे विल्कुल गलत सूचना भएको मैले महसुस गरे । सरकारले त्यस घटनामा संलग्नलाई तत्कालै निलम्बन गर्नका लागि र पीडितहरूका सवालमा मान्यहरूले भन्नुभयो १० लाख दिएर चुप लागेर बसेको भन्ने कुरा विल्कुल तथ्यहीन हो ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बसेको आरोप लगाएका थिए । त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले पनि उक्त घटनामा गृहमन्त्री र मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस