रुसी सेनाबाट भागेका नेपालीहरू जंगलमा अलपत्र छन्, उद्धारका लागि कूटनीतिक पहल हाेस्: सांसद अर्याल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
रुसी सेनाबाट भागेका नेपालीहरू जंगलमा अलपत्र छन्, उद्धारका लागि कूटनीतिक पहल हाेस्: सांसद अर्याल

फागुन ६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उहाँहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिए । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताए । उनले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस