अनुभवी प्रशिक्षक श्रवण कुमार यदुवंशीद्वारा नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

अनुभवी प्रशिक्षक श्रवण कुमार यदुवंशीद्वारा नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

फागुन १२, काठमाण्डौँ । लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन हुनेभएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर १ का अनुभवी प्रशिक्षक श्रवण कुमार यदुवंशीले नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा आजदेखि सञ्चालन गर्न लागेका हुन् ।

आफ्ना पालिका लगायत छिमेकका , मटिहानी नगरपालिका र नगराइन् नगरपालिका भित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन लागीएको उनले बताए । युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि आफूहरूले निशुल्क तयारी कक्षा सञ्चालन गरेको बताएका छन् ।

तयारी कक्षा आज दिउँसो ३ बजेबाट सुरु हुने र अन्य दिन बेलुका ५ बजेबाट सुरु गरिने श्रवण यदुबंशीले जानकारी दिए । अहिले गाउँमा रहेका बिदाथीहरु तथा सरकारी सेवामा जान पहुँच नपुग्ने, आर्थिक अबस्था कमजोर भएका ब्यक्तिहरुलाई अझ बढी प्रभावकारी हुने उनले बताए ।

यस कार्यबाट सकरात्मक प्रतिफल आउने विश्वास आफूलाई रहेको उनले सुनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस