फागुन २५,काठमाडौँ । भिजिट भिसामा ३ जना नेपाली नागरिकलाई दुबई पठाउन लागेको आरोपमा प्रहरीले एजेन्टलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही–८ रुद्रपुर घर भएका ४७ वर्षीय भविलाल थापा छन् ।
कपन बस्दै आएका थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए । दुबई जान लागेका तेह्रथुम घर भएका नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय र चितवन घर भएकी दुर्गा श्रेष्ठलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको एसएसपी शर्माले जानकारी दिए ।