चैत्र ३०, काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नका लागि सिफारिस गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पूर्व राजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो । ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो ।