विश्वासको मत

‘प्रधानमन्त्रीलाई तत्काल विश्वासको मत दिंदैनौं’ : लिङदेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ५, शनिबार (१० महिना अघि)
  • १०३ पटक पढिएको
‘प्रधानमन्त्रीलाई तत्काल विश्वासको मत दिंदैनौं’ : लिङदेन

साउन ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार भइनसकेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

अहिले सत्ता टिकाउनका लागि आफूहरुको मत आवश्यक पनि नभएको उनको तर्क छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखिएको उनले बताएका छन् । राप्रपाले सरकारका काम कारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनले बताएका छन् । संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको बताए ।

#विश्वासको मत

ताजा अपडेट

खोजी गर्नुहोस