फ्रि भिसा

फ्रि भिसा, फ्रि टिकट हुन सक्दैन : श्रममन्त्री भण्डारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १८, शुक्रबार (९ महिना अघि)
  • ११५ पटक पढिएको
फ्रि भिसा, फ्रि टिकट हुन सक्दैन : श्रममन्त्री भण्डारी

साउन १८, काठमाडौँ । श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा, फ्रि टिकट कार्यान्वयनमा समस्या रहेको भन्दै वैदेशिक रोजगारीमा जाँदा श्रमिक लैजाने कम्पनीले वा श्रमिक आफैँले लागत बेहोर्नुपर्ने अवस्था रहेकाले फ्रि भिसा, फ्रि टिकट हुन नसक्ने बताएका छन् ।

उनले अब सरकार वैदेशिक रोजगारमा जान एकजना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने यकिन लागत तोक्ने गृहकार्यमा लागेको र आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न छिट्टै आन्तरिक रोजगार महाशाखा स्थापना गर्न मन्त्रालय लागि परेको बताएका छन् ।

बिहीवार काठमाडौँमा भएको एक कार्यक्रममा श्रममन्त्री भण्डारीले यस्तो बताएका हुन् । ‘फ्रि भिसा, फ्रि टिकटमा विदेश जाने भन्ने हुँदैन‚ कार्यान्वयन गर्न सकिँदैन। कि त श्रमिक लैजानेले कम्पनीले कि त श्रमिकले बेहोर्नुपर्ने हुन्छ‚’ उनले भने‚ ‘त्यसैले वैदेशिक रोजगारमा जान एकजना श्रमिकले कति सेवाशुल्क तिर्नुपर्छ भन्ने विषयमा मन्त्रालय गृहकार्यमा लागेको छ ।’

उनले मन्त्रालय नेपालीलाई विदेश पठाउने मन्त्रालयको रुपमा मात्र चिनिएको भन्दै आन्तरिक रोजगारीलाई व्यवस्थित र एकीकृत बनाउन आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको दावी गरे । उनले सरकारले आन्तरिक रोजगार महाशाखा स्थापना गरी आन्तरिक रोजगारीमा भएका सबै सम्भावनालाई एकीकृत गरी एकद्वार प्रणालीले काम गर्न लागेको बताए ।

#फ्रि भिसा

ताजा अपडेट

खोजी गर्नुहोस