साउन २०, काठमाडौँ । नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् ।
पार्टी सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका एक उपाध्यक्ष, एक स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतलाई आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ दिलाए ।
गत बिहीबार बसेको सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराललाई मनोनित गरेको थियो भने स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनित गरेको थियो ।
यस्तै, बैठकले केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।
#शपथ