डेडिकेटेड र ट्रंक लाइनको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ५६ पटक पढिएको
डेडिकेटेड र ट्रंक लाइनको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट

भाद्र २५, काठमाण्डौँ ।  उच्च अदालत पाटनमा ‘डेडिकेटेड’ तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ।

अधिवक्ताहरू यज्ञमणि न्यौपाने, कमलप्रसाद पोखरेल, टीकाप्रसाद ढकाल र दीपक अधिकारी आज दायर गरेको रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको शुल्क तत्काल उठाउनुपर्ने माग गरिएको छ।

रिट निवेदनमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योग व्यवसायी, संस्था तथा व्यक्तिबाट ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरेबापतको कानुनबमोजिम बुझाउनुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम नबुझाउनेगरी मन्त्रिपरिषद्लगायत अन्यबाट भएका गैरकानुनी निर्णय, आदेश, पत्र, पुर्जीलगायत जो–जे छन् सबै बदर हुनुपर्ने माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस