जिप दुर्घटना

अर्घाखाँचीमा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २६, बुधबार (८ महिना अघि)
  • ७५ पटक पढिएको
अर्घाखाँचीमा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते

भाद्र २६, काठमाण्डौँ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप शितगंगा नगरपालिका वाड–१२ हिलेखोलामा दुर्घटना एक जनाको मृत्यु भएको हो । मृतकको पहिचाहन हुन बाँकी रहेको छ ।

यसैगरी, दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि बुटवल रिर्फर गरिएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा उपचार भइरहेको ठाडा ईलाका प्रहरी कार्यालय प्रमुख रबिन्द्र चन्दले जानकारी दिनुभयो । चालकसहित जिपमा १० जना सवार रहेको जनाइएको छ ।

#जिप दुर्घटना

ताजा अपडेट

खोजी गर्नुहोस