संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ: गृहमन्त्री लेखक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर ३०, आईतबार (४ महिना अघि)
  • ६३ पटक पढिएको
संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ: गृहमन्त्री लेखक

मंसिर ३०,काठमाडौँ । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए ।

संविधान संशोधन सत्तारुढ प्रमुख दुई वटा दलले मात्रै गर्ने नभइ सबै दलको सहमतिमा हुने उनको भनाइ छ । संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग छलफल गरेर सहमतिका साथ संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए ।

सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, अर्थतन्त्र लयमा ल्याउने, विकास निर्माणलाई गति दिने गरी कांग्रेस र एमाले मिलेर सरकार बनेको मन्त्री लेखकले बताए। उनले अहिलेको सरकार सबै नागरिकको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताए ।

गृहमन्त्री लेखकले चाहे थुनामा रहेको होस् वा हिरासतमा रहेको होस् सरकार सबै नागरिकको मानव अधिकारका विषयमा सचेत रहेको बताए । अहिले थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको उनको जिकिर थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस