निसान मोटर र होन्डा मोटर मर्ज हुने, ९ हजार जागिर कटौती !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ६४ पटक पढिएको
निसान मोटर र होन्डा मोटर मर्ज हुने, ९ हजार जागिर कटौती !

पौष ४, काठमाडौँ । जापानी अटोमोबाइल कम्पनी निसान मोटर र होन्डा मोटरसँग मर्जरको तयारी गरेको छ ।

यस्तो मर्जरले ठूला प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्न र विद्युतीय सवारीसाधनको बढ्दो बजारमा लगानी गर्न सक्षमता प्रदान गर्ने बुझिएको छ ।
निक्केई पत्रिकाको रिपोर्टअनुसार निसान र होन्डा एक होल्डिङ कम्पनीअन्तर्गत सञ्चालन गर्ने र मित्सुबिशी मोटर्सलाई समेत समेट्ने सोचमा छन् । मित्सुबिशीमा निसानसँग २४ प्रतिशत सेयर छ ।

सीएनबीसीसँग कुरा गर्दै फ्रोस्ट एण्ड सुलिभान अनुसन्धान फर्मका ग्लोबल क्लाइन्ट लिडर फर मोबिलिटी विवेक वैद्यले निसानको कमजोर वित्तीय प्रदर्शन मर्जरको प्रमुख कारण भएको बताए । गत नोभेम्बरमा निसानले आफ्नो राजस्व र सञ्चालन लक्ष्य घटाएको थियो । प्रमुख बजारहरूमा बढ्दो प्रतिस्पर्धाको कारण कम्पनीले ९ हजार जागिर कटौती गर्ने र उत्पादन क्षमतामा २० प्रतिशत कटौती गर्ने योजना पनि सार्वजनिक गरेको थियो ।

अटोफोरकास्ट सोल्युसन्सका अध्यक्ष तथा सीईओ जो मकेबले रेनोसँगको सम्बन्ध डगमगिएपछि निसानले नयाँ बाटो खोजेको बताए ।

एक विज्ञप्तिमा निसानले होन्डासँग ‘मर्जर हुने कुरा’ कम्पनीको घोषणामा आधारित नभएको बताएको छ । निसानले होण्डा र मित्सुबिशी मोटर्ससँग भविष्यमा सहकार्यका विभिन्न सम्भावनाहरू विचार गरिरहेको तर कुनै निर्णय ‍नभएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस