लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष १४, आईतबार (४ महिना अघि)
  • ५३ पटक पढिएको
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण

पौष १४, काठमाडौँ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ ।

एयरक्राफ्टमा कुनै ड्यामेज नभएको र हेलिकप्टर पुनः उड्ने तयारीमा रहेको कम्पनीले जनाएको छ । उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार रहेको विमानस्थल स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस